Thursday 22nd October 2020

    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

छोटो समयमा चर्चाको सिखरमा चरी कहाँ बस्यो , राम्जी खाड र करिश्मा ढकालको छमछमि

Wednesday, May 22, 2019 National Power


जेष्ठ , ८ / काभ्रेपलान्चोक – बनेपा लोक दोहोरी गायक तथा गीतकार दीपक दर्लामी मगर र गायिका लालमायाँ थापाले सँयुक्त स्वरमा नयाँ गीत चरी कहाँ बस्यो‘बजारमा ल्याएका छन् ।यी दुई कलाकारले यो गीतको भिडियो पनि रिलिज गरेका छन् । यस गीतको शब्द, संगीत पनि दीपकको आफ्नै हो । दीपक र लालमायाँलाई समुहिक स्वरमा नारायण पाण्डे र सिमरन श्रेष्ठले साथ दिएका छन् । जसमा कृष्ण भान्जाको संगीत संयोजन र बिमल छिनालको रेकर्डिङ रहेको छ ।

सुमार्ग फिल्मस्को प्रस्तुति रहेको यो गीतको भिडियोमा अहिले चर्चामा रहेकी मोडल करिश्मा ढकाल र गायक एवम् मोडल रामजी खाँड छन् । यी दुबैको नृत्य निकै आकर्षक बनेको छ । गीत अनुसारको नृत्य भएकै कारण चरी कहाँ बस्यो‘को भिडियोले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।काजिस श्रेष्ठले निर्देशन गरेको यो गीतको भिडियोलाई सागर गौतमले खिचेका हुन् । जसमा दीपक बिष्टको सम्पादन रहेको छ ।