Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पूर्वएआईजीको घर लुट्ने ‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए

Monday, May 20, 2019 National Power

काठमाडौं – प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थियो । उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।

‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ थापाले अनलाइनखबरसँग भने । थापाका अनुसार उनको दायाँ खुट्टाको घुँडा मुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङमाथि ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो । उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजायँपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।