Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

आफ्नै गीतबाट बेहुला बने गीतकार अनिल खनाल

Friday, May 17, 2019 National Power

काठमाडौं – गीतकार अनिल खनाल यतिखेर आफ्नै गीतबाट बेहुला बनेका छन् । गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियोमा बेहुला बनेर सार्वजनिक भएका छन् । गीतमा तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको छ । गीतको संगीत संयोजन आशिष अबिरलको रहेको छ ।

गीतको भिडियोमा गीतकार अनिल बेहुलाको भूमिकामा देखिएका छन् भने रमेश थापा, सरु गिरी र रुषा तामाङको अभिनय रहेको छ । भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् । यस भिडियोको सम्पादन भने मनोज कार्की रहेका छन् । भिडियोलाई आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।