Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

चन्दको पश्चाताप भुम्लु र कुन्तावेशीमा

Thursday, May 16, 2019 National Power

बैशाख , २ / काभ्रेपलान्चोक – बनेपा बखते मस्त निदाइरहेका बेला एक्कासी उनको श्रीमति र छोरी रुँदै कोलाहल मच्चाउँदै आउँछन् । उनीहरुको कोलाहलले बखतेको निन्द्रा भङ्ग हुन जान्छ र आफ्ना श्रीमति अनि छोरा छोरी भएतिर अत्तालिदै पुग्छ । एकोहोरो रोइरहेका उसकी छोरी र श्रीमतिले रुँदै गोठ भत्केर लाखौं पर्ने दुहुनो भैंसी, खसी लगायत पालेको चौपायाहरु गोठले थिचेर मरेको बताउँछन् । जसले गर्दा बखतेलाई ठूलो चोट पर्छ । गाउँका मै हुँ भन्ने बखते कसैको कुरा नसुनी आफ्नै ढिपीमा रहदै आएका उनले जोखिमयुक्त यस्तो घर गोठ प्रयोग गर्नु हुन्न भन्ने सबैको सल्लाहलाई लत्याउँदा ठूलो क्षति बेहोनुप¥यो ।

यसै कथावस्तुमा आधारित अमरकृष्ण चन्द निर्देशित सामाजिक सचेतना मुलक सडक नाटक ‘पश्चाताप’को हालै कुन्तावेसी र भुम्लुमा प्रदर्शन भयो । नाटकबाट विद्यार्थीएहरु प्रभावित भए । नाटकबाट सिकेको ज्ञान आफूले घर समाजमा गएर शेयर गर्ने बताउँदै घरतिर लागे ।

विशुद्ध सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको नाटक ‘पश्चाताप’ भुम्लु र मण्डन देउपुरमा प्रदर्शन भएको हो । भुम्लुको प्रकाश मावि र मण्डन देउपुर कुन्तावेशीको डेडीथुम्का मावि कुन्तावेशीमा प्रदर्शन गरिएको उक्त नाटकमा चिरा चिरा परेको असुरक्षित जोखिमयुक्त घर तथा गोठको प्रयोगले हुन सक्ने क्षतिको विषयलाई सरल ढङ्गले नाटकमा प्रस्तुत गरिएको थियो ।

सचेतना मूलक सडक नाटक ‘पत्तचाताप’ समाज विकासका लागि सहयोगी हातहरु नामक संस्थाले प्रस्तुत गरेको हो । ‘पश्चाताप’ मा अमरकृष्ण चन्द, चर्चित हाँस्य कलाकार गणेश केसी, मालती कुवँर, सुन्दरी लामा, सुनिल जिम्बा, रामशरण भण्डारीले सशक्त अभिनय गरेका थिए । नाटकको लेखन कमल दाहालले गरेका थिए भने निर्देशन अमरकृष्ण चन्दको रहेको थियो ।

नाङसाल एसोशिएसन नेपाल धुलिखेलको आयोजना तथा आड्रा नेपालको सहयोग अनि नाट्यकर्मी महासंघ काभ्रेको प्राविधिक सहयोगमा तयार सडक नाटक ‘पश्चाताप’ ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मार्फत अभिभावक तथा समाजमा सकारत्मक सन्देश पु¥याउने अभिप्रायले नाटक प्रस्तुत गरिएको नाङसाल एसोसिएसन धुलिखेल, काभ्रेका कार्यक्रम निर्देशक श्याम लामाले बताए । नाटकको माध्यमबाट आम जनमानसमा चर्किएर चिरा चिरा परेको घरमा बस्न र चौपायाहरु राख्न उपयुक्त नहुने सन्देश दिन खोजेका लामा बताउँछन् ।

नाटकमा २०७४ सालको भुकम्प पछि चिरचिर परेको जोखिम युक्त घरमा अझै पनि मानिसहरु बस्दै आएको, मानिस नवसे चौपाया पाल्ने गर्दै आएको यथार्थलाई प्रस्तुत गरिएको थियो । जसले निम्त्याउन सक्ने दुर्घटनालाई नाटकको विषयवस्तुमा समेटिएको थियो । नाटक हेरेपछि विद्यार्थी तथा शिक्षकहरुले यस्ता नाटकहरु समाजमा सचेतना फैलाउन प्रभावकारी हुने धारणा राखे । सडक नाटकका साथै नेपालका कान्छा जादुगरको रुपमा आफ्नो परिचय बनाएका गणेश केसीले आफ्नो जादु कला समेत प्रदर्शन गरेका थिए । उनको जादुमा विद्यार्थी अभिभावक रोान्चित बनेका थिए ।