Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो हर खुशी‘’ सार्वजनिक

Thursday, May 16, 2019 National Power

डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो हर खुशी‘’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वसन्त सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा रुकमिला अधिकारी र उमेश सुनामलाई फिचरिङ गरिएको छ । अर्जुन सापकोटाको छायाँकन रहेको भिडियोलाई जीवन टण्डनले सम्पादान रहेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । साहित्यकार तथा गीतकार डा। डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डलगायतका वल्र्ड रेकर्डले पनि प्रमाणपत्र प्रदान गरिएको छ  । डी. आरको उपन्यास ‘दगाबाज’ सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही महिनाअघि राष्ट्रिय नाचघर, जमलमा गरिएको थियो  ।

एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातिप्राप्त सबै गायक–गायिकाहरुको स्वर रहेको छ  । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी. आरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो  । ती कृतिहरुको लोकार्पण नेपाल बाहिर सिक्किममा समेत गरिएको थियो ।

डा. डीआरका यही ज्येष्ठ पाँच गते राजधानीमा उपन्यास ‘अधुरो प्रेम’ सहित तीन एल्बम एकसाथ लोकार्पण पनि हुँदैछन् ।