Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी संगै तिलगङ्गा–गुह्येश्वरी सडक बन्द

Tuesday, May 14, 2019 National Power

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु भएको छ ।

विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक–पटक बन्द गर्न आग्रह गर्दै आएको थियो । सो सडक बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी युनेस्कोले दिएको थियो ।

सर्वोच्च अदालतले पनि सो सडक बन्द गर्न आदेश दिएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई पटकपटक पत्राचार गर्दै आएकाले सडक गर्न बोलपत्र आह्वान भइसकेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

फोहर बोकेका गाडीले यो सडक हुँदै राति पशुपति क्षेत्र प्रवेश गरेर ‘डम्पिङ साइट’ मा लैजान खोजेकाले धार्मिक क्षेत्रको अस्तित्व खतरामा परेको थियो । फोहरमा पक्षीको हुल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने आन्तरिक एवं बाह्य उडानका हवाइजहाज दुर्घटनामा पर्न सक्ने खतरासमेत बढेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।

अस्थायी सडक खुले पनि मर्मतसम्भार नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोले सवारी साधन एवं मानिसलाई समेत आवतजावतमा समस्या भएको थियो ।