Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

काभ्रेली कलकार समाज हाम्रो ; सुबास दाहाल

Monday, May 13, 2019 National Power


अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
बैशाख , ३० / काभ्रेपलान्चोक – बनेपा काभ्रेली कलकार समाजको नियमित बैठक धुलिखेलको एक होटलमा सु- सम्पन्न भएको छ । काभ्रेलि कलकार समाजको अध्यक्ष सबिन गौतमले समाजमा भएका कला गला र चनात्मक र सस्कृतिमा आएको बिकृतिलाई निर्मुल पार्ने निर्णयको साथै नियमित बैठक सम्पन्न भएको बताउनु भयो ।

काभ्रेली कलकार समाजका अध्यक्ष सबिन गौतम , बरिस्ठ उपाध्यक्ष केदार न्यौपाने , महिला उपाध्यक्ष मिश्रा काफ्ले , उपाध्यक्ष शरन हुमागाइ , सचिब भुवन चौलागाईं , सह सचिब सविना चौलागाईं , कोषाध्यक्ष सुरेस गौतम , सह कोषाध्यक्ष सपना कुवर लगायत २२ जनाको उपस्थितिम काभ्रेली कलकार समाजको बैठक काभ्रे धुलिखेलमा सम्पन्न भएको छ

काभ्रेली कलकार समाजको नियमित बैठकमा सल्लाहकारको रुपामा सुबास दाहाल लाई छनोट गरिएको समाजका अध्यक्ष गौतमले जानकारी दिएका छ्न । बैठकमा काभ्रेली कलकार समाजको नै सल्लाहकार अग्रज गायक रामहरी न्यौपानेको पनि उपस्थिति रहेकोे थियो । यस्तै बैठकमा बोल्दै सल्लाहकार एवम् सहयोगी सुबास दाहालले भन्नू भयो काभ्रेली कलकार समाज मेरो होइन यो काभ्रेली कलकार समाज हाम्रो हो भन्ने गरौं दाहालले भन्नू भयो ।

बैठकमा दाहालले आर्थिक सहयोग गर्नु भएको थियो भने सहयोग रकम लाई फर्जी खर्चमा नभएर जस्तै दर्ता प्रक्रियाको लागि , काभ्रेली कलकार समाजको अफिसियल खर्चको लागि र यस समाजको अन्य प्रोग्रामको लागि सदुपयोग गर्न र गराउन जानकारी दिनु भयो ।

यस सस्थाले विभिन्न बिधामा रहेर कार्यक्रमहरु गर्नुको साथै अन्य कलकार हरुमाथी भै परी आउने समस्याहरुको लागि हाते मालो गरेर अगाडि बड्ने निर्णयको साथमा बैठक सम्पन्न भएको समाजका अध्यक्ष गौतमले जानकारी दिनु भयो ।