काठमाडौं संसदमा आजदेखि प्रिबजेटमाथि छलफल सुरु भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्याएपछि छलफल सुरु भएको हो ।
प्रतिनिधिसभाको बिहान ११ र राष्ट्रियसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
नीति तथा कार्यक्रमभन्दा पहिला प्रिबजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रिबजेटमाथि छलफल गराउन लागेको हो । प्रिबजेटमाथिको छलफल आउँदो मङ्गलबारसम्म सक्ने तयारी संसद सचिवालयले गरेको छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रिबजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।