Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

संचालनमा आयो काठमाण्डौ ग्लोवल स्कुल

Monday, May 6, 2019 National Power

काठमाण्डौ – शैक्षिक क्षेत्रमा परिचित हुन मनोज आचार्य विगत लामो समय देखि शैक्षिक क्षेत्रमा सक्रिय रही गुणस्तरिय शिक्षा प्रदान गर्दै नेपाली शैक्षिक जगतमा उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् । आचार्यको नेतृत्वमा संचालन भएको शैक्षिक संस्थाले उत्कृष्ट शिक्षा प्रदान गरेको भन्दै विभिन्न क्षेत्रले उनलाई सम्मान गरेका थिए भने अभिभावकहरु पनि आचार्यको कार्यबाट खुशी देखिएका छन् । आचार्यलाई नेशनल पावर न्युजले आयोजना गरेको नेशनल पावर न्युज एजुकेशन अवार्ड २०१७ मा सर्वोत्कृष्ट प्रिन्सिपल आप द ईयर २०१७ को अवार्ड समेत प्रदान गरेका थियो ।

शैक्षिक क्षेत्रको विकासको लागि विभिन्न शैक्षिक गतिविधि संचालन गर्न अर्थात एक अर्काको देशमा रहेको शैक्षिक पद्धतीको सिकाई र बुझाईको लागि एजुकेशन एक्सचेन्ज कार्यक्रम मार्फत आचार्यले अमेरिका, वेलायत, चीन, भारत लगायतका देशको औपचारिक भ्रमण समेत गरिसकेका छन् । आफ्नो लामो अनुभव पछि यस पटक भने अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमै प्रदान गर्ने उदेश्यले आचार्यले काठमाण्डौको ग्लोवल स्कुल (के जी एस) संचालनमा ल्याएका छन् ।

Manoj Acharya (Founder principal- KGS )

नयां योजना र नयां कार्यक्रमको साथ सुरुवात भएको स्कुलमा प्ले ग्रुप देखि कक्ष १० सम्म पढाई संचालन हुने आचार्यले बताएका छन्, तथापी यो वर्ष भने उनले प्ले ग्रुप देखि कक्षा ९ सम्म मात्रै भर्ना लिने बताईएको छ । फ्रम द कम्युनिटी फर द कम्युजिटी भन्ने मुल उदेश्यका साथ संचालन भएको यस स्कुल अन्तराष्ट्रिय स्तरको वातावरणमा कक्षा संचालन हुने र सोही अनुरुपपको पढाई हुने विश्वास आफ्ना विद्यार्थाीहरु र अभिभावकहरुलाई दिलाउन चाहान्छन् प्रिनिसफ मनोज आचार्य ।