Thursday 22nd October 2020

    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

छायाँछवि अवार्ड प्रदान

Sunday, May 5, 2019 National Power


काठमाडौं – यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ। नगद २५ हजार २५ रुपैयाँ, प्रमाणपत्र र दोसल्लाद्वारा शनिबार उनलाई सम्मान गरियो। त्यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्कर्मी अनन्त वाग्ले पुरस्कृत भएका छन्। उनलाई नगद ११ हजार एक सय ११ सहित प्रमाण–पत्र र दोसल्लाद्वारा सम्मान गरियो।

यसैगरी छायाँछवि चलचित्रकर्मी रजत सम्मान गायिका देविका वन्दना तथा निर्देशक शोभित बस्नेतलाई प्रदान गरिएको छ। उनीहरूलाई प्रमाण–पत्र र दोसल्लाद्वारा सम्मान गरियो। आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियका अनुसार ११औं छायाँछवि डी सिने अवार्ड–०७६ का अवसरमा उनीहरूलाई पुरस्कृत गरिएको हो। अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल र चैत्यदेवीले उनीहरूलाई सम्मान गरेका हुन्।

पुरस्कृत व्यक्तित्व नीर शाह विगत ५० वर्षदेखि टेलिभिजन एवं चलचित्रमा सक्रिय छन्। उनी अब्बल कलाकार एवं निर्देशक हुन्। गायिका वन्दना पाश्र्व गायनमा सम्मानित नाम हो। बस्नेत उम्दा निर्देशकका रूपमा चिनिन्छन्। उनले अहिलेसम्म २९ चलचित्रको निर्देशन गरिसकेका छन्। पुरस्कृत पत्रकार वाग्लेले २०४७ सालमा ‘माधुरी’ पत्रिकाबाट रंग पत्रकारिता सुरु गरेका हुन्। कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै उनी अहिले अन्नपूर्ण पोस्ट्मा कार्यरत छन्। साथै कार्यक्रममा गत वर्ष प्रदर्शनमा आएका चलचित्रहरुबाट उत्कृष्टलाई पुरस्कृत गरिएको थियो।