Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ सार्वजनिक

Sunday, May 5, 2019 National Power

काठमाडौँ – गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ। इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो।’देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले यसअघि पनि धेरै गीतमा श्वर दिएकी छन्।

आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ। वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन्। तिलक फिल्म्स्को पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन्। म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन्।