Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्था शव भेटियो

Thursday, May 2, 2019 National Power

काठमाडौं – काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका-७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । गौशाला प्रहरीका मुद्दा फाँटका सई राजेश स्वर्णकारका अनुसार खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५-४० वर्षका आङदेवा शेर्पा मृत फेला परेका हुन् । शव जमिनबाट करिब ८ इन्च माथि छ ।

बिहीबार बिहान करिब सात बजेतिर रुखमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको थियो । सई स्वर्णकारले अनुसन्धानको प्रारम्भिक प्रक्रिया पूरा गरेर शवलाई पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए । उनले हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।