Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

६ लाख चोरेर भाग्दाभाग्दै युवक पक्राउ

Wednesday, May 1, 2019 National Power

काठमाडौं -प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेको हो ।लालबहादुर राईको घरको पहिलो तलामा रहेको कार्यालयको ढोका फुटाई दराजको सेफभित्र राखेको ६ लाख रुपैयाँ झिकेर भागेका उनलाई स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका घर भई अनामनगर नै बस्दै आएका राई यसअघि पनि पटक पटक चोरीको सामानसहित पक्राउ परी कारबाही भोगेका व्यक्ति हुन् । ल्यापटप चोरी गरेको मुद्दामा २ वर्ष जेल बसेर छुटेका उनी छुटेको एक महिनामै फेरि पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।उनीमाथि महानगरीय प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान सुरु गरेको छ ।