Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

क्रिष्टल प्यालेससँग हार्‍यो आर्सनल

Monday, April 22, 2019 National Power

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग हार व्यहोरेको छ । क्रिष्टल प्यालेसले आर्सनललाई उसकै मैदानमा ३–२ ले स्तब्ध बनायो । क्रिष्टलले १७ औं मिनेटमा क्रिष्टियन बेन्टको गोलबाट अग्रता लिएको थियो । ४७ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर यो बराबरी १४ मिनेटमै तोडियो । किनभने ६१ औं मिनेटमा विल्फर्टको गोलबाट क्रिष्टलले २–१ को अग्रता लियो । ६९ औं मिनेटमा जेम्स म्याकअर्थरले अर्को एक गोल थपेपछि खेल ३–१ को स्थितिमा पुग्यो ।

आर्सनलका लागि ७७ औं मिनेटमा पिएरे एमरिकले गोल गरेर खेललाई ३–२ को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आर्सनललाई क्रिष्टल प्यालेसले ३–२ ले हराउन सफल भयो । यो जितसँगै क्रिष्टल प्यालेस १२ औं स्थानमा उक्लिएको छ । आर्सनल ६६ अंकसहित चौथो स्थानमा छ । समान ६६ अंक रहेको चेल्सी पाँचौ स्थानमा छ । लिभरपुल ८८ अंकसहित पहिलो स्थानमा छ ।