Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु

Sunday, April 21, 2019 National Power

काठमाडौं – काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा ४ ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका(३ स्थित सलाङकोटमा दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

२५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन । बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।