Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु

Sunday, April 21, 2019 National Power

काठमाडौं – काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा ४ ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका(३ स्थित सलाङकोटमा दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

२५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन । बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।