Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

सुरेन्द्र गिरी का “चल्यो बतास” बजारमा (भिडियो सहित)

Friday, April 12, 2019 National Power

२९ , चैत / काभ्रेपलान्चोक – बनेपा नेपाली लोकदोहोरी गीतमा अर्को एक आश लाग्दो गीत “चल्यो बतास” लिएर सुरेन्द्र गिरी आएका छन ।
सुसेली म्युजिक प्रा।लि।ले प्रस्तुत गरेको गीतमा स्वर सुरेन्द्र गिरी र सपना थापा को रहेको छ । लोक दोहोरी मार्फत युवा पुस्ताका केटा र केटी बिचको माया प्रेम भाव प्रस्तुत गरिएको छ ।
शब्द शितलराज गिरी र सुरेन्द्र गिरी तथा संगीत शितलराज गिरी को रहेको उक्त गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् । शंकरा डिजिटल स्टुडियोमा गीत रेर्कड गरिएको हो ।
बिक्रम गिरी र रोशनी खड्का को अभिनय रहेको चल्यो बतासको म्युजिक भिडियोको निर्देशन स्वंयम सुरेन्द्र गिरी र नविन विरही श्रेष्ठ ले गरेका छन् भने नृत्य निर्देशन दिलिप राइ को रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन महेश महरा , भने सम्पादन चेतन सागरको रहेको छ ।
गीतको म्युजिक भिडियो डि।ए।आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आम दर्शक तथा स्रोता माझ प्रस्तुत गरिएको छ ।
गितको भिडियो हेर्नको लागि तलको लिङ्कमा हेर्नुहोस । https://www.youtube.com/watch?v=SKB1_3M8QtE&feature=youtu.be&fbclid=IwAR0X0CwUCsYcuesbnTG8Cmfp8rG_88lpJ3NwrxEudbbQduyoTliGnayd08M