Thursday 25th April 2019

    ‘नेपाल प्लस साइज मोडल २०१९’ को आयोजना हुँदै ।    राष्ट्रपति भण्डारी बस्ने होटलमा नेपालको झण्डा    Canadian Film screening in Kathmandu    इएन आई डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक (लिस्ट सहित)    पाँचौ संस्करणको सुन्दरादेवी म्युजिक अवार्डको आवेदन खुल्ला

पोखरेलले ‘अल्कोहलीक लभ‘’ लिएर आए

Wednesday, April 10, 2019 National Power


काठमाडौं – नेपाली गीत सङ्गीतमा पृथक पहिचान बनाउँदै आएका वरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलीक लभ‘’ लिएर आएका छन् ।

SINGER : SITARAM & MINA

हरेक गीतको म्युजिक भिडियोलाई आकर्षक बनाउने गरेका गायक सितारामले यसपटक पनि आफ्नो गीतको भिडियोमा नविनतम दिएका छन ।

चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यसपटक अल्कोहलीक लभमा चर्चित अभिनेत्री प्रियंका कार्की समेटिएकी छिन । कुनै भिडियोमा नेपाल सुन्दरीलाई त, कुनै भिडियोमा अभिनेत्रीलाई रोज्ने गरेका गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका कार्कीलाई रोजेका हुन । भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।

‘अल्कोहलीक लभ‘’मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन । राहुल प्रधानको सङ्गीत रहेको गीतलाई ललिता कुवँरले लेखेकी हुन् ।

सुव्रतराज आचार्यको निर्देशन रहेको छ गीतको भिडियोमा । गायक सिताराम पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । नविनपन भएकाले युवाहरुले गीत मनपराउनेमा आफू आशावादी रहेको गायक पोखरेलले बताए ।