Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

“जालमा फसायौ” बोलको गित सार्वजनिक ( भिडियो सहित )

Friday, April 5, 2019 National Power

२२ , चैत / बनेपा – काभ्रेपलान्चोक धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ ।

पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरी मार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोट लाई प्रस्तुत गरिएको छ ।

शब्द तथा संगीत प्रभावन जे को रहेको उक्त गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । बिग एचडि परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो ।
नारायण दंगाल र स्वंम गायीका पार्वती कार्किको अभिनय रहेको जालमा फसायौको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वंयम प्रभावन जे ले गरेका छन् भने कला निर्देशन राजाराम गौतमको रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विषेश मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ ।

जालमा फसायौको पहिलो भाग अहिले सार्वजनिक गरिएको हो भने जालमा फसायौ भाग–२ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए ।
गीतको म्युजिक भिडियो डि।ए।आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आम दर्शक तथा स्रोता माझ प्रस्तुत गरिएको छ ।

गितको भिडियो हेर्नको लागि तलको लिङ्कमा हेर्नुहोस ।


https://www.youtube.com/watch?v=WWwQBZGfbBA