काभ्रे – नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा। रामवरण यादवको प्रमूख आतिथ्यतामा काभ्रेको बनेपामा आईतवार आयोजित ‘पहिलो नाट्यश्वर म्युजिक अवार्ड’ समारोहमा पुराना लोक गायक शिवनारायण जोशीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा पाँच दशक भन्दा लामो योगदान दिएका अभिनेत्रीद्वय चैत्य देवी र बसुन्धरा भुसाललाई ‘नाट्यश्वर स्वर्ण सम्मान’ प्रदान गरिएको थियो । यस्तै लामो समय देखि नेपाली चलचित्र क्षेत्रको श्रृवृदिको लागि योगदान पुर्याएको भन्दै चलचित्र निर्देशक माधव राज खरेल र नायक श्रीदेव भट्राईलाई नाट्श्वर कला सम्मान प्रदान गरिएको छ ।
त्यस्तै बिशेष सम्मान सरु थापा, हरि कर्माचार्य, नाट्यश्वर रत्न सम्मान उत्तम केसी, सिताराम पोखरेल, कला सम्मान डीबी लामालाई प्रदान गरिएको थियो । एक दशक भन्दा लामो समयदेखी रङ्गपत्रकारिमा सक्रिय जीवन पराजुलीलाई ‘नाट्यश्वर रत्न रङ्ग पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । पत्रकार शान्तिप्रियलाई ‘नाट्यश्वर रजत सम्मान’ तथा पत्रकार सुर्य चन्द,
कमला जोशी ,सचित खड्का, स्वस्तिका चिलुवाल, शिब देबकोटा, अरबिन्द्र गौतम, पुरुश्वतम बस्नेत, बलराम श्रेष्ठ, सचित खड्कालाई ‘नाट्यश्वर कला पत्रकारिता सम्मान’ दिईएको थियो । साथै अन्य केहि कलाकर्मीहरुलाई पनि सम्मान प्रदान गरिएको थियो ।
समारोहमा बोल्दै पूर्वराष्ट्रपति डा. यादवले हरेक मानिस कलाकार र मानिसको जीवन नाटक भएतापनि कलाकारले पेशागत कलाकारिता गरिरहेको बताउँदै आफुले सँधै कला क्षेत्रलाई सम्मान गरिरहेको बताए । डा. यादवले नेपाली कला क्षेत्रमा आफ्नो तर्फबट हुनसक्ने सम्पूर्ण सहयोग गर्न सदैव तत्पर रहने जिकिर गरे ।
एक वर्षभित्र सार्वजनिक भएका गीत(सङ्गीतलाई आधार मान्दै ४५ विधामा ‘नाट्यश्वर म्यूजिक अवार्ड’ प्रदान गरिएको थियो । जसमा उत्कृष्ट पप गायक पुस्कर सुनुवार, पप गायिका लक्ष्मी प्रधान पुरी, पप सङ्गीतकार सन्तोष श्रेष्ठ, आधुनिक गायक योगेश विक, आधुनिक गायिका सारिका घिमिरे, आधुनिक सङ्गीतकार यम गुरुङ, लोकगायक बल ब। गुरुङ, लोकगायिका श्रीदेवी देवकोटालगायतले अवार्ड चुम्न सफल भएका थिए । त्यस्तै गायक डेभिट शंकर, सिमान्त सन्तोष, धु्रब विश्को, भरत समारी, रमिला न्यौपाने, तारावीर पाण्डे, जनक अधिकारी, दीपाशा विसी, उषा सुवेदीलगायतले अवार्ड चुमेका थिए ।
साहित्य एवम् सस्कृतिको बिकाशमा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा बिसेश अतिथिमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसी बरिष्ट हास्य अभिनेत्री बसुन्धरा भुसाल, च्यैत देबीलगायतका बरिष्ट राजनीतिकर्मी, कलाकार, पत्रकार तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो अवार्ड समारोहमा ।