Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

लुरुलुरु हतियार बुझाउन आए हुन्छ,होईन भने कानुनअनुसार नियन्त्रण गरिन्छ : ओली

Sunday, March 24, 2019 National Power

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै सम्झाउँदा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेकाले कानुनअनुसार नियन्त्रण गरेरै छाड्ने बताए । उनले भने ‘राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’

यद्यपि अहिले पनि विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको बताए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’सरकारले चन्दाको नाममा लुटपाट गर्न, बम पड्काउन र विध्वंस मच्चाउन नदिने भन्दै यस्तो कल्पना नगर्न आग्रह गरे ।

‘लोकतान्त्रिक अभ्यास आचरणअनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार एकदमै दृढ छ । अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ, जारी राख्न सकिन्छ कि भनेर सोचेको छ भने कल्पना नगरे हुन्छ ।’कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्र्दै उनले भने, ‘दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानुन अनुसार नियन्त्रण गर्छ ।’

सरकारले विप्लव समूहलाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि उनले बताए । श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अहिले भूमिगत बसेर क्रान्ति गर्छु भन्ने सपना नदेख्न विप्लव समूहलाई आग्रह गरे ।