Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

अखिल नेपाल यातायात मजदुर संघ अरनिको जिल्ला समितिको १२ औं भेला सम्पन्न

Thursday, March 21, 2019 National Power

७ , चैत / काभ्रेपलान्चोक – बनेपा अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको १२ औं भेला सम्पन्न भएको छ ।अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको बाह्रौ भेला सदाका झैं यस वर्ष पनि होली पर्वको अवसर पारेर सम्पन्न भएको छ ।

अखिल नेपाल ट्रेड यूनियन महासंघका उपाध्यक्ष तथा ३ नं। प्रदेश इन्चार्ज जय बहादुर कार्कीले कार्यक्रम उत्घाटन गनुभएको थियो । कार्यक्रम बोल्दै प्रमुख अतिथि कार्कीले भन्नू भयो ड्राइभरले देश चलाएका छन् । वर्तमान परिस्थितिमा यातायात मजदुरले खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण सहित नयाँ कार्य समितिलाई सुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैगरी भेलामा जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङ्ग, अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्षहरु रामचन्द्र कार्की, दीपक के।सी।, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष जीत बहादुर भारती तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भेलाले श्रीकृष्ण गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति तथा ४ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ ।जसको उपाध्यक्षमा युवारज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ र पदम श्रेष्ठ रहनुभएको छ । यसैगरी सचिव विनोद संसेर कुँवर र सह सचिव बासुदेव बस्नेत हुनुहुन्छ ।

यसैगरी कोषाध्यक्ष उमेश फूयाँल तथा सदस्यहरुमा दिलिप महत, दील बहादुर कायस्थ र हिरा श्रेष्ठ रहनुभएको छ । साथै सल्लाहकार सदस्यहरु सुरेन्द बस्नेत, लाल वा। जि।सी।, रामशरण तिमल्सिना तथा नारयाण खड््का रहनुभएको छ ।

उक्त कार्यक्रमको अवसर पारेर अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिले संगठनका पूर्वअध्यक्षहरु छत्रबहादुर चौलागाई, सुन्दर के।सी।, खिल बहादुर श्रेष्ठ, दीपक राज कार्की, श्रीकृष्ण गौतमलाई समेत सम्मान गरेको छ ।