Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

लभ स्टेशनमा गीत गाउँदै प्रदीपले फकाए जसितालाई

Tuesday, March 19, 2019 National Power

काठमाडौं- नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो…को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ यो गीतको भिडियो रिलिज गरिएको हो ।

चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाईएको छ । अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा एउटा लोक व्याण्डका भोकलिस्ट (गायक) हुन्छन् । यो गीतबारे उनले भने,‘लभ स्टेशन क्याफेमा म आफ्नो ब्यान्ड सहित गायनको तयारीमा हुन्छु । सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रसँसा यो गीत गाउँछु ।’ यो चलचित्रमा आफु कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् ।

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वररहेको छ । गीतलाई लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले अहिले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।  चलचित्रमा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आफुहरु प्रचार प्रसारमा व्यस्त रहेको पनि प्रस्तुतकर्ता शाहीले जानकारी गराए ।

उनका अनुसार लभ स्टशन टिमले मँगलबारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।