२ ,चैत / काभ्रेपलान्चोक – बनेपा सूर्यविनायक वडा ७ गुण्डुमा रहेको हिमाल एकेडेमी स्कुलले यहि चैत्र १ गते विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम र असल विद्यार्थी निर्माणमा हौसला प्रदान गर्ने उद्देश्यले विद्यालयको १५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
सूर्सविनायक नगरपालिकाका मेयर वासुदेव थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एईई २०७४ का विद्यार्थीलाई सम्मान, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र खेलकूद समारोह २०७५ मा विजेता विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको थियो । हिमाल एकेडेमी लगाएत संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै प्रमुख अतिथि थापाज्यूले सूर्यविनायक नगरपालिकाले नगर शिक्षा एेन ल्याइ सकेकोले अब नगरका संस्थागत र सामुदायिक विद्यालयलाई संगसंगै अगाडि बढाउने भनाइ राख्नु भयो १ साथै नगरका राम्रो गर्ने संस्थागत विद्यालयलाई पनि पुरस्कृत गर्ने जानकारी दिनु भएको थियो । उहाँले सूर्यविनायक नगरपालिकालाई देश कै शैक्षिक क्षेत्रमा पहिलो बनाउने उद्देश्य रहेको बताउनु भयो ।
साथै अतिथि सुनपा ७ गुन्डुका वडा अध्यक्ष रविन्द्र सापकोटा ज्यूले हिमाल एकेडेमीको प्रगति एवं वडाको सामाजिक कार्यमा सहभागिता जनाएको बताउँदै शुभकामना मन्तव्य एवं पुरस्कार वितरण गर्नु भएको थियो । बरिष्ठ सन्चारकर्मी ईश्वर थापा, बरिष्ठ चलचित्र निर्देशक एवं समाजसेवी मदन घिमिरे लगाएतका अतिथिहरुले पुरस्कार तथा शुभकामना दिनुभएको थियो । विद्यालयको गतिविधि एवं भावी कार्ययोजना समेतको जानकारी दिदैँ विद्यालयका संस्थापक सह प्रिन्सिपल प्रदीप थापाले स्वागत मन्तव्य दिनु भएको थियो १
संस्थापक प्रिन्सिपल राधाकृष्ण थापा रहेको उक्त स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासका लागि पढाईका अतिरिक्त विविध क्रियाकलाप पनि सँगसँगै अगाडि बढाईरहेको कुरा जानकारी गराउँदै बालबालिकहरुलाई असल र संस्कारयुक्त बनाउन विद्यार्थी तथा अभिभावकलाई अभिमुखिकरण प्रशिक्षण गर्दै जाने कुरा विद्यालयका सल्लाकार संजय खड्काले बताउनु भयो । साथै कार्यक्रममा विद्यार्थीहरुको विविध प्रतिभा प्रस्तुत गरिएको थियो ।