Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

जनकपुरमा पूर्वराजालाई भव्य स्वागत

Thursday, March 14, 2019 National Power

जनकपुर – पुर्वराजा ज्ञानेन्द्र शाहको जनकपुरमा भव्य स्वागत गरिएको छ । शाहको आगमनसँगै ‘राजा आऊ देश बचाउ’को नारा गुञ्जिएको छ । मधेश भ्रमणको क्रममा झापाबाट स्थलमार्ग हुँदै बुधवार साँझ करीब पौने ८ बजे जनकपुरधामको होटल सीताशरण पुग्ने बितिकै राजावादी र समर्थकहरुले ‘राजा आऊ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।


पुर्वराजा ज्ञानेन्द्र शाह

गाडीबाट झर्न बितिकै समर्थकहरुले फुलमाला लगाइदिएर भव्य स्वागत गरेका थिए । शाहको स्वगतका लागि पूर्वपश्चिम राजमार्गदेखि जनकपुरको होटल सीताशरणसम्म ठाउँ ठाउँमा पूर्वराजाको जयजयकार सहितको ब्यानर सहितको पण्डाल गेट तथा होर्डिङबोर्ड लगाइएको छ ।अनिल बस्नेतको नेतृत्वमा शिव सेना नेपालको टोली र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा टोली उनको सुरक्षाको लागि होटल सीताशरणमा परिचालन गरिएको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार फागुन ३० गते सर्लाहीको प्रसिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधाम स्थित श्रीरामजानकी मन्दिर, चैत २ गते गाईघाट स्थित राधाकृष्ण मन्दिर र चैत ३ गते सप्तरीमा पुजापाठ गर्नु हुने उनका निजी सचिव फनिन्द्र पाठकले जानकारी दिए ।