Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

विप्लवको बन्द :उपत्यकामा आंशिक प्रभाव

Thursday, March 14, 2019 National Power

काठमाडौं – पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ । बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।

काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् । शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।

नेकपा विप्लव समूहले आज बन्द आह्वान गरेको हो तर, सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।