Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

हत्या आरोपमा नेकपा नेता पक्राउ

Sunday, March 10, 2019 National Power

विराटनगर – मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङलाई पक्राउ परेका छन् । बेलवारी नगरपालिका-४ की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।

राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । शुक्रबार भेटका क्रममा विवाद भएपछि गुरुङले हत्या गरी शव सप्तकोशीमा फालेको प्रहरीले बताएको छ । उनको बयानअनुसार शप्तकोशीमा शव खोज्न इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले गुरुङ पक्राउ परेपछि केही बिषय बाहिर आएको र प्रमाण संकलनको काम भइरहेको बताए । ‘महिलासँग अन्तिम समयमा भेट भएका आधारमा गुरुङलाई पक्राउ गरिएको हो’ केसीले भने, ‘गुरुङविरुद्ध महिलाका आफन्तको जाहेरी पनि परेको छ ।’ तत्कालीन एमालेका पूर्व बेलवारी अध्यक्ष गुरुङ महिलासँग प्रेम सम्बन्धमा रहेको प्रहरी स्रोतले बताएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन् ।