Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

रेशम चौधरीलाई जन्मकैद हुने भए प्रचण्ड, केपी ओली र गिरिजाप्रसादलाई किन भएन ?: नेता महतो

Wednesday, March 6, 2019 National Power

काठमाडौं – राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी, नेपाल पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाले विद्रोह निम्त्याउने बताएका छन् ।


राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो

राजपा अध्यक्ष मण्डलका सदस्य महतोले अदालतले अन्याय गरेको भन्दै अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिए । ‘अब राष्ट्रिय विद्रोह हुन्छ, थारु, जनजाति मधेसी सबै मिलेर विद्रोह गर्छन्’ उनले भने । नेता महतोले बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै अदालतको फैसलाले अन्यायमाथि अन्याय भएको टिप्पणी गरे ।

रेशम चौधरी आन्दोलनकारी हो, आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? केपी ओलीलाई जन्मकैद किन भएन र गिरिजाप्रसादलाई किन भएन’ उनले प्रश्न गरे ‘रिहा हुन कुनै खास जाति चाहिन्छ ? आजिवन जन्मकैदका लागि कुनै खास जतिको हुनुपर्ने ?’

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको छ ।