Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

शृङ्गारिक भावको प्रेमगीतमा सारिका

Wednesday, March 6, 2019 National Power

काठमाण्डौ – ठूलो पर्दाको चलचित्र हुँदै म्युजिक भिडियो मोडलिङमा व्यस्त रहँदै आएकी कलाकार सारिका घिमिरे एकबर्ष यता गायनमा समेत सक्रिय देखिएकी छिन् । भरखरै एस। इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट उनको नयाँ युगल गीत ‘बिर्सियौ कि’ को भिडियो रिलिज भएको छ िविगतमा झैं उनले यसपटक पनि आफ्नै शब्दरसङ्गीतमा स्वर दिएकी छिन् । ‘बिर्सियौ कि माया मलाई तिमीले अचेल भेट्न गाह्रो भो’ बोल रहेको यस युगल गीतमा सारिकालाई योगेश काजीले स्वरमा साथ दिएका छन् । गीतमा म्युजिक एरेन्ज पनि योगेशकै रहेको छ भने भिडियोमा गायक(गायिका अर्थात सारिका र योगेशको जोडीलाई नै देख्न सकिन्छ ।

शृङ्गारिक भावको यस प्रेमगीतमा अलिअलि भेट नहुँदाको पीडा, अलिअलि शङ्का, छट्पटी र धेरै मायाका उदगारहरु छन् िएक अर्काप्रतिको समर्पण भाव र आफ्नो प्रेमीसँग सधैं नजिक रहने चाहनाहरु नै गीतका मूल मर्म हुन्
िनेपाली सिने क्षेत्रमा राम्रो पहिचान स्थापित गरेका नायिकाहरु सनी रौनियार, गौरी मल्ल, निरुता सिंह, रेखा थापा, प्रियंका कार्की लगायतले पनि यसअघि गीत गाएका थिए । गायनमा राम्रो सम्भावना भएर पनि यी मध्ये कसैले पनि यो विधालाई निरन्तरता दिएनन् । चलचित्र अभिनय र भिडियो मोडलिङमा जमिरहेकै बेला सारिका गायनलाई पनि निरन्तरता दिईरहेकी छिन् िव्यावसायिक गायिकाको रुपमा अगाडि आउन सक्ने प्रचुर सम्भावना भएपनि स्थापित भइसकेको पेशा पर्दाको दुनियाँले उनको यो यात्रालाई प्रभावित गर्छ या गर्दैन यसै भन्न सकिन्न । तथापि दिनानुदिन उनको गायकीको प्रशंसा गर्ने र यसलाई निरन्तरता दिनका लागि हौसला प्रदान गर्नेहरुको संख्या भने बढिरहेको छ ।
०६४ सालमा ठूलो पर्दाको अभिनयबाट कला क्षेत्रमा प्रवेश गरेकी सारिकाले ‘आगो(२’, जीवन काँडा कि फूल’ लगायत आधा दर्जन चलचित्रमा अभिनय र केही दर्जन म्युजिक भिडियोहरुमा मोडलिङ गरेकी छिन् । उनले एकबर्ष अघि रमेश थापाको शब्द र जितेन लेप्चाको सङ्गीतमा ‘के देखेर माया लायौ’ बोलको गीत रेकर्ड गरी गायन यात्रा आरम्भ गरेकी थिईन् । एकल स्वरको एल्बम ‘मोहनी’ प्रकाशन गरिसकेकी सारिकाको फुटकर रुपमा ‘मूलको पानी’, ‘दिल टुट्यो’ र ‘रातो गलबन्दी’ जस्ता गीत बजारमा आएका छन् । सङ्गीतमा केही गर्ने अठोटका साथ अगाडि बढिरहेकी सारिका हाल सङ्गीत समेत सिकिरहेकी छिन् ।

‘बिर्सियौ कि’ गीतको भिडियो राम सिंह भाटको छायाङ्कन तथा वीरेन्द्र भाट विपिनको निर्देशन र सम्पादनमा तयार भएको हो । छायाङ्कन तथा सम्पादनमा विशिष्टता हासिल गरेका वीरेन्द्र पछिल्लो समय भिडियो निर्देशनमा समेत सक्रिय देखिएका छन् । ०६८ सालदेखि नै म्युजिक भिडियो निर्देशन सुरु गरेका भएपनि प्रमुख विधा छायाङ्कन र सम्पादन भएकोले पछिला केहीबर्ष उनले भिडियो निर्देशनलाई प्राथमिकतामा राखेका थिएनन् । आफ्नै स्वामित्वको कम्पनी वर्ल्डकभर मिडियाबाट भिडियोको पोष्ट प्रोडक्सनको काम गरिरहेका वीरेन्द्रको निर्देशकीय क्षमताको प्रशंसा हुन थालेपछि केही समय यता उनले लगातार भिडियो निर्देशन समेत गर्न थालेका हुन् । वीरेन्द्रले हालसम्म २ दर्जन बढी भिडियोको निर्देशन गरिसकेका छन् ।


लेखक : तुलसी गिरी ‘भावुक’ (लेखक म्यूजिक डायरीका संचालक एवं सम्पादक हुन् ।)