Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गजलकार गुमनामको “समय आएपछि” बजारमा

Thursday, February 28, 2019 National Power


१६ , फागुन / काभ्रेपलान्चोक – बनेपा नेपाली संगित जगतमा अलग उर्जा सहित गजल संग्रह “समय आएपछि” बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रिको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कंडेलले गरेका छन् ।

मंगलबार काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगितकार दिपक जंगमले विमोचन गरेका छन् ।


डि.ए.आर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल समय आएपछिको म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ । गाएक प्रमोद खरेलले उक्त गितमा आफ्नो आवाज दिएका छन् । म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगाएतको अभिनय रहेको छ ।


प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा क्यामेरा टंक के.सि, ग्राफर विशेष मर्हजन, र सम्पादन नविन भट्टले गरेका छन् ।
गजलको म्युजिक भिडियो पर्यटकिय नगरी धुलिखेलमा छांयाकन गरिएको डि.ए.आर. मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) ले जानकारी दिए ।
युटुवमा हेर्नको लागि तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।
https://youtu.be/fNt4gLr9v9k