Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

हिउँले घेरियो काठमाडौं

Thursday, February 28, 2019 National Power

काठमाडौं – बिहीबार बिहान सूर्योदयसँगै काठमाडौं उपत्यकामा रोचक दृष्य देखिएको छ । उपत्यकाबासीले बिहान उठ्नासाथ आफ्नै घरबाट सेताम्य हिउँको दुर्लभ दृष्य देख्न पाएका छन् । राष्ट्रिय समाचार समितिका अनुसार काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ ।

रातभर परेको पानीसँगै काठमाडौं उपत्यका वरिपरिका डाँडाहरु हिउँले ढाकिएका छन् । कीर्तिपुर, पातले वन, चन्द्रागिरि, फुल्चोकी आसपासका डाँडाहरु हिमाल जस्तै सेता देखिएका छन् । भक्तपुर जिल्लामा पर्ने सूर्यविनायक, साँगा, नगरकोट लगायतका डाँडामा पनि हिउँ परेको जानकारीमा आएको मौसमविद सुजन सुवेदीले बताए ।

यसअघि उपत्यकाबासीहरु हिउँ हेर्न चन्द्रागिरि, फुल्चोकी र नगरकोट जाने गरेका थिए भने आज आफ्नै घरबाट हिउँ देख्न पाइएको स्थानीय बताउँछन् । त्यसैले मानिसहरु आफ्नो घरको छतबाट हिमपातको सुन्दर दृष्य मोबाइलमा कैद गर्न लालायित देखिन्थे ।

बिहीबार बिहान काठमाडौं उपत्यकाको मौसम खुलेको छ र पारिलो घाम लागेको छ । तर, दिउँसो भने पुनः बदली हुने र अपराह्न छिटपुट वर्षा हुनसक्ने मौसमविद सुवेदी बताउँछन् । बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकामा १६।२ मिलिमिटर पानी परेको छ ।