Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

पर्यटन प्रवद्र्धनमा अग्रसर यूवा रिचार्ड बञ्जरा

Thursday, February 21, 2019 National Power

काठमाण्डौ – धादिङ सल्यानकोटको कार्कीगाउँमा जन्मिएका राम प्रसाद बञ्जरा (रिचार्ड) १५ वर्षकै उमेर देखी ट्रेकिङ व्यवसायमा संलग्न यूवा हुन् । उनले हालसम्म ४०० जना भन्दा माथी पर्यटकहरुलाई पथप्रदर्शक वनेर नेपालका रमणिय दृश्यहरुको मनमोहकताको स्वाद चखाई सकेका छन् । जसमा मनास्लु पदयात्रा, अन्नपुर्ण पदयात्रा, एभरेष्ट पदयात्रा, घोरेपानी पदयात्रा लगायत दर्जनौ साहासिक र मनोरम स्थानहरु रहेका छन् ।


पर्यटन प्रवद्र्धनकै क्रममा उनले सिंगापुर, मलेसिया, थाईल्याण्ड, ईन्डोनेसिया, वंगलादेश, भारत लगायतका देशहरुको भ्रमण गर्नुका साथै देशका विभिन्न स्थानको भ्रमण समेत गरिसकेका छन् । कलिलै उमेरमा पर्यटन व्यवसायमा सफलता मात्र उनले गरेका छैनन् साथ साथै पढाईमा पनि उनि तेजिला रहेका छन्, उनी प्रिन्सेस नेशनल कलेजमा हाल स्नातक अध्यनरत पनि रहेका छन् ।
नेपालका वारेमा प्रशस्त नवुझि पदयात्रामा आउने पर्यटकहरुले आफ्नै देशको जस्तो सुविधा खोजिदिंदा कहिलेकाहिं यात्रामा अलि दुःख हुने वताउने बञ्जराले उनिहरुलाई नेपालको वास्तविकता वुझाउँदा र उनिहरुले नेपालको दृश्यहरुसंग रमाउँदाको खुशी व्यक्त गर्न शव्दमा कठिन हुने वताए ।


विशेष गरेर यात्राका क्रममा पर्यटकहरुलाई हाईअल्टिच्यूटले गर्ने समस्याहरु पनि छन् तथापी उनको र उनको टिमले यात्रालाई आजसम्म रोकेको अनुभव नभएको बञ्जरा वताउँछन् । हाईअल्टिच्यूटका विमारीहरुलाई रेस्क्यू गरेर सुरक्षित स्थानमा पठाएर यात्रालाई अघि वढाउने गरेको वताउने बञ्जराले नेपालको पर्यटन प्रवद्र्धनले देश विकासलाई समेत टेवा पुर्याउन सक्नेमा आफु विश्वस्त रहेको वताउँछन् ।
नेपालको पर्यटन प्रवद्र्धनको लागी विश्वका विकसित देशमा गएर प्रचार प्रसार गर्नु पर्नेमा जोड दिंदै भावी दिनहरुमा आफुले पनि उक्त कार्यमा अग्रसरता दिने बञ्जराले वताए ।