Saturday 31st October 2020

    राष्ट्रिय समाचार समितिका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण    आमिरबिरुद्ध उजुरी, यस्तो छ उनलाई लागेको आरोप    आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास    सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा    बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल

विष खुवाएर नातिनी मारेको आरोपमा हजुरबा र हजुरआमा पक्राउ

Thursday, February 21, 2019 National Power


कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए ।

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन् । तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । ‘विषादीको बट्टासमेत घरबाटै बरामद गरेका छौं’, उनले भने । मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले बताए । दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।