Saturday 31st October 2020

    आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास    सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा    बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल    कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो    कोरोना संक्रमित पत्रकार भन्छन् : ‘सोचे झैँ कोरोना रहेनछ’

कांग्रेसले देशलाई पछाडि फर्काउने कुचेष्टा गरिरहेको छ : प्रधानमन्त्री ‌‌‍ओली

Tuesday, February 19, 2019 National Power


k|wfgdGqL s]kL zdf{ cf]nL ^(cf}F /fli6«o k|hftGq lbj;sf cj;/df ;}lgs d~r 6’Fl8v]ndf cfof]lht k|hftGq lbj; d”n ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकाशको बाटोमा लैजानुको साँटो प्रमुख प्रतिपक्षिा ननेपाली कांग्रेसले देशलाई फछाडि फर्काउने कुचेष्ट गरिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार ६९ औं प्रजातन्त्र दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

ओलीले आफुले देशमा प्रजातन्त्र ल्याएको दम्भ देखाउने राजनितीक दलहहरुले प्रजातन्त्र विरोधी काम गरेर देशलाई दशकौं पछाडि धकेलेको आरोप लगाएका छन् । यस्तै ओलीले कार्यक्रममा नेपाली जनताहरुको मारिएको दशकौंदेखिको देश विकास र समृद्धिको अटुट सपनालाई यथार्थमा रुपान्तरण गर्न आफ्नो सरकार लागिपरेको बताए छन् । यस्तै आोलीले सबैलाई आ–आफ्नो क्षेत्रबाट यसका लागि योगदान पुर्‍याउन आह्वान गरेका छन् ।

त्यस अवसरमा उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको उल्लेख गर्दै जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्न सफल भएकोमा गौरवको अनुभूति भएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताए । उनले देशलाई समृद्ध बनाउने अभियानमा मित्र राष्ट्रहरुको सहकार्य हुने अपेक्षा गरिएको पनि बताए ।

ओलीले सम्बोधनको क्रममा भने्, स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिदैछ। लोकतन्त्र प्राप्तीको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं । यसका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

समृद्धि प्राप्तिको यस सहयात्रामा मित्र राष्ट्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलनमार्फत् विकास अभियानमा सहकार्य हुने विश्वास रहेको पनि प्रधानमन्त्री ओलीले बताउए ।

यसै क्रममा उनले देशलाई समृद्ध राष्ट्रका रुपमा स्थापित हुन नदिन विभिन्न दुष्प्रयास भइरहेको र त्यस्ता तत्व विरुद्ध कडाइका साथ आफू प्रस्तुत हुने पनि स्पष्ट पारे । उनले देशलाई पछाडि फर्काउने कुचेष्टा नगर्न पनि सबैलाई सचेत गराए ।