Tuesday 20th August 2019

    नाच्नेले नाचम बोलको तीज गीत बजारमा    रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश    पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउन र दोषी उम्कने स्थिति बने दुर्घटना निम्तिनेछः प्रदीप पौडेल    पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरमा चौथो दिनको प्रदर्शन (तस्विरमा)    डा. डीआर उपाध्यायको ‘नलाऊ नजर बैमानी’ सार्वजनिक

अत्तरिया डीपीएलको प्लेअफमा, विराटनगर आउट

Monday, February 18, 2019 National Power


काठमाडौं – सीवाईसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले हराउँदै धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको प्लेअफमा पुगेको छ । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा अत्तरियासँग पराजित भएको विराटनगर भने बाहिरिएको छ । आजको खेलसँगै प्लेअफमा पुग्ने चारवटै टिमको टुंगो लागेको छ । काठमाडौं गोल्डेन्स, अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको हो ।

१४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि आशिफ शेखले ३९ र पृथु बास्कोटाले २७ रन बनाएर टीमलाई जिततर्फ डो¥याएका थिए । तर उनीहरु आउट भएपछि विराटनगरको ब्याटिङ ध्वस्त बन्यो । अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान ३–३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेल र जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गरे । ६१ रनमा अविजित रहेका उनले ३१ बलमा चार छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै, कोल्सवाला ५१ रनमा अविजित रहे ।

काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाको अन्तिम खेल हुनै बाँकी छ । यी दुबै टिम एक खेलअघि नै प्ले अफमा पुगेका हुन् । अन्तिम खेल बाँकी रहँदासम्म काठमाडौं चार खेलमध्ये तीन खेलमा जित र एक खेल बराबरीसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको अत्तरियाले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । रुपन्देहीले पाँच खेलमा तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर लिगको तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको महेन्द्रनगरको चार अंंक छ । यो पटक महेन्द्रनगरलाई भाग्यले साथ दिएको छ । महेन्द्रनगर प्ले अफमा पुग्नका लागि सोमबारको खेलमा विराटनगर अत्तरियासँग पराजित हुनै पर्ने अवस्था थियो । विराटनगर पराजित भएसँगै महेन्द्रनगरको भाग्य खुलेको हो । यदि विराटनगरले जित हात पारेको भए महेन्द्रनगर बाहिरिने थियो ।