Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

ट्रोल काभ्रेको `भ्यालेनटाइन डे ´ फोटो प्रतियोगितामा ठकुरी बिजय

Friday, February 15, 2019 National Power

३ , फागुन / बनेपा – काभ्रेपलान्चोक ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगिता सम्पन्न भएको छ । ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगिता यहीँ जुन २० देखी सुरु भएको थियो भने फेब्रुअरी १३ सम्म प्रतियोगिले सहभागीता जनाउन पाउने थिए ।

ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगितामा करिब ११५० जानको सहभागी रहेको थियो भने प्रतियोगिहरु बिजय हुनका लागि ट्रोल काभ्रेले नियमहरु राखेर प्रतियोगिहरुको फोटो राखेर ट्रोल काभ्रेको पेजमा हालेको थियो र ट्रोल काभ्रेको पेजमा हालेको मध्य जसकोमा सबैभन्दा बढी सियेर र लाईक बढी आउछ उसलाई नै बिजेता घोषण गरिने नियम ट्रोल काभ्रेले राखेको थियोे ।

बिजेतालाई ट्रोल काभ्रेले पाँच हजार नगद पुरस्कार सहित फोटो सुट्को पनि व्यवस्था गरेको ट्रोल काभ्रे संचालक रबिन बस्नेतले जानकारी दिएका थिए । ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगितामा सबै भन्दा बढी ४६५ लाईक र २३८ सियेर ल्याउने प्रतियोगि नम्बर ४६१ को लमजुङ निवासी ठकुरी मैया बिजय हुनु संचालक बस्नेतले जानकारी दिनु भयो ।

बिजेता घोषण ट्रोल काभ्रेको पेज बाट गरिएको ट्रोल काभ्रे संचालक रुपेन्द्र राज गिरिले बताएका थिए भने सम्पुर्ण प्रतिस्पर्धीहरु लाई ट्रोल काभ्रे पेज संचालक रुपेन्द्र राज गिरि र रबिन बस्नेतले धन्यवाद दिदै बिजेता ठकुरीलाई बधाई तथा शुभकामना दिनु भएको छ