Thursday 25th April 2019

    ‘नेपाल प्लस साइज मोडल २०१९’ को आयोजना हुँदै ।    राष्ट्रपति भण्डारी बस्ने होटलमा नेपालको झण्डा    Canadian Film screening in Kathmandu    इएन आई डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक (लिस्ट सहित)    पाँचौ संस्करणको सुन्दरादेवी म्युजिक अवार्डको आवेदन खुल्ला

इप्सन फुटसल सम्पन्न

Wednesday, February 6, 2019 National Power


माघ , २३ / काभ्रेपलान्चोक – भक्तपुर एडिफाई प्राइवेट स्कुल्स अर्गनाइजेशन नेपाल ९इप्सन० भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सूर्योदय सेकेण्डरी स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा जुनिएर तर्फ सुनपाको मदरल्याण्ड स्कुल विजेता भएको छ साथै सिनियर तर्फ ग्लोबल एकेडेमी स्कुल विजेता भएको छ १

त्यसै गरी दोश्रो स्थानमा जुनिएर र सिनियर दुवै गूण्डुको हिमाल एकेडेमीले जितेको छ । जुनिएर तर्फको तेश्रो स्थान नगरकोट फेदीको क्वालिटी सेकेण्डरी स्कुल र आयोजक सूर्योदय सेकेण्डरी स्कुल हात पारेका छन् साथै सिनियर तर्फको तेश्रो स्थान सूर्योदय सेकेण्डरी स्कुल र सुडालको पारीजात पिद्यापिठ स्कुलले जितेका छन् ।

इप्सनका सदस्य विद्यालयहरु बिच भएको अन्तर विद्यालय फुटसल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि राखेपका सदस्य राजेन्द्र श्रेष्ठ, इप्सन अध्यक्ष जिबि खड्का, शिक्षाविद् रामगोपाल कर्माचार्य लगाएतले विजेता विद्यार्थीहरुलाई पदक तथा शिल्ड प्रदान गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो ।