Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

धिनिमहेन्दो समाजको ल्होछार कार्यक्रम सम्पन्न, मेयर द्वारा प्रतिमुर्तिको शिलान्यास

Wednesday, February 6, 2019 National Power

माघ , २३ / काभ्रेपलान्चोक – बनेपा तामाङ समुदाकायको साँस्कृतिक पर्व २८५५ औं सोनाम ल्होछारको अबसरमा चौंरीदेउराली गाउँपालिका वडा नं। ६ मा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम धिनिमहेन्दो तामाङ उत्थान समाजद्वारा आयोजना गरिएको थियो ।

कार्यक्रममा चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमको प्रमुख आतिथ्य, उपाध्यक्ष तारा गौतमको विशेष आतिथ्य र वडाध्यक्ष रेशम चौलागाईं अतिथ्यमा सम्पन्न भएको थियो ।

हाजिरी जवाफमा जागृति मावि प्रथम
सो अवसरमा अन्तर निमावि हाजिरी जवाफ समेत सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगिता मा ८ वटा बिधालय समाबेश भएको थियो ।

प्रतियोगितामा प्रथम स्थान जागृति मा बि, केउरेनि, दोस्रोमा महाबिष्णु मा बि, तेस्रोमा सुनकोसी आधारभुत विद्यालय र सान्तवना प्रभा उच्च मावि भएको थियो । प्रतियोगिहरुलाई प्रमुख अतिथि गौतमले पुरस्कार वितरण समेत गरेका थिए ।

बुद्धको मुर्ति सिलान्यास
सोही अवसरमा धर्मशाला तथा गौतम बुद्धको प्रतिमुर्ती निर्माणको सिलान्यास अध्यक्ष गौतमले गरे । साथै सोको लागि जग्गा उपलब्ध गराउने ब्यक्तीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोन्बो, लामा र ताम्बाको झाँकी प्रदर्शन गर्नुको साथै चर्चित गायक अमृत लामा तथा गायिका सुनिमाया मोक्तानको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।