माघ , २० / काभ्रेपलान्चोक – बनेपा बाल्यकालमा हामी हाम्रो समाजमा विद्यमान कयौँ संस्कृति, कयौँ रीति अनि कुरीति, कुसंस्कारको नजानेर नबुझेरै साक्षी बनियो । मन रमाउने घटना धुमिल भए समयसँगै तर कुनै समयका अन्यायपूर्ण संरचनाका खिल, कुरीतिका खिल भने मस्तिष्कका पत्रपत्रमा अभै पनि गडेर बसेका छन् ।
राजधानी काठमाडौँबाट २५ ३० किलोमिटरको दुरीमा रहेको हाम्रो गाउँ जो टुसालको नामले परिचित छ । जहाँ जैसी बाहुनहरू, नेवार र डाँडामा त्यस समय तल्लो जाति भनेर हेलाँ गरिने विश्वकर्मा र परियारको बसोबास रहेको छ । अगाडि सुन्दर ठूलो वन र पछाडि महादेव पोखरीको डाँडो रहेको हाम्रो सुन्दर गाउँ प्रकृतिले मनग्गे दिए पनि ज्ञान र जागरणले ठगेको थियो । पुरातन पुरुषप्रधान समाज जहाँ पोथी बास्नु हुन्न भन्ने पराकाष्ठामा पीडित महिला थिए । अनेकौँ कुरीति, कुसंस्कार अनि आफ्नै पुरातन परम्परा बोकेको समाजभित्रकी एउटी नारी पात्र फटली अभैm पनि मेरो मानसपटलमा बाँचेकी छे ।
चैत वैशाखको खडेरीमा घामका रापहरूले चिरा परेका खेतका गह्राजस्तै मुजा परेको थियो फटलीको अनुहार अनि थिए खस्रा सेता पूलेका छरपष्ट फिँजिएको कपाल । मैला झुत्रा दश ठाउँमा फाटेर टालेका फरिया चोलीमा नाङ्गा फाटेका कुर्कच्चा दयनीय मानव शरीर भएकी फटली जीउँदो लाश जस्तै थिई । विचरी ती असहाय अनि दयनीय एक्ली नारी जसलाई गाउँलेले फटली उपनाम दिएका थिए । उनको वास्तविक नाम के थियो त्यो मलाई थाहा थिएन र अझसम्म पनि भएन । गाउँ पारीको एकान्त ठाउँ जसलाई गाउँलेहरू वनझाँव्र डाँडो भन्ने गर्थे । त्यही वनझाँव्र डाँडामा एउटा सानो झुपडीमा बस्ने ती फाटली गाउँगाउँ डुलेर दुई हात पैmलाएर साँझ बिहानको छाक टार्थिन् । कत्तिले त उनलाई बोक्सी भन्दै आँगनमा पाइलो राख्न नपाई लाठो लिएर भगाउँथे ।
घरका साना केटाकेटीहरूलाई फटलीको नाम लिएर कराइन्थ्यो । खाइनस् भने, यसो गरिनस् भने फटली बोलाइदिन्छु । फटली आउँछे अनि धोव्रmामा हालेर लान्छे भनिदिन्थे । विचरा हामी केटाकेटीलाई के थाहा को हो त्यो फटली । लाग्थ्यो फटली हाउगुजी भित्रकी डरलाग्दी पात्र, जो केटाकेटी लगेर खान्थी या हात खुट्टा भाँचेर राख्थी ।
फटली आई भन्दा खेल्दै गरेका हामी डरले चिच्याउँदै भागेर घरको कुनै सुरक्षित कुनामा लुक्थ्यौँ । आमै भनेर फटलीले बोलाउँदा मुटुले ढ्याङ्ग्रो ठोक्थ्यो । अनि ओठ मुख सुक्थ्यो । हाम्री आमाले फटलीलाई सधैँ हाम्रोमा आउँदा केही न केही दिएर पठाउनु हुन्थ्यो । सायद हाम्री आमाको उदारताले होला उनी सधैँ हाम्रै घरमा आउँथिन् । उनी आउँदा कहिलेकाहीँ त म बाहिरै हुन्थेँ र डरले भित्र जान नसक्दा काँव्रmाको झ्याङमा लुक्ने गर्थेँ । मेरा ठूला दिदी र दाइ सायद बुझ्ने भएर होला नडराई बाहिरै बस्थे । आमाले सधैँ उसको पोल्टामा चामल या मकै वा त अन्य अन्न हालिदिनु हुन्थ्यो । ऊ पोल्टो बाँधेर खुसी भएर फर्कन्थी । हाम्री आमालाई सधैँ भ्याई नभ्याई हुन्थ्यो सात–सात जना केटाकेटी गाईवस्तु खेतीबारी अनि मेलापात । तै पनि खै केगरी हाम्री आमा सबैतिर भ्याउनु हुन्थ्यो । मेलापात गए पनि बीचबीचमा हामीलाई खाजा पोल्टोमा बाँधेर ल्याइदिनु हुन्थ्यो । अनि गाईवस्तुलाई खोले पानी दिएर मेला फर्कनु हुन्थ्यो । फटली हाम्री आमालाई सहानुभूति देखाउँथी । ‘बज्यै म केही काम गरिदिउँ कि रु’ ऊ सधैँ हाम्रो घरमा आउँदा आमालाई भन्थी । बिचरी मनकी नराम्री त कहाँ थिई र रु तर खै किन उसलाई गाउँलेले हेपेका होलान् रु किन बोक्सी भनेका होलान् रु के ऊ बोक्सी नै थिई त रु कहिलेकाहीँ त मुख खोलेर सोधौँजस्तो लाग्थ्यो । उसले केटाकेटी धोव्रmामा हालेर लगेर के गर्छे भनेर । तर मेरो केटाकेटी मनमा कहाँ त्यत्रो आँट आउनु र सोध्नलाई । म त कहिल्यै पनि उसको छेउमा परिनँ । सधैँ डरले लुकी नै रहेँ । उसले पोल्टामा खुर्सानी बोकेकी हुन्छे रे । अनि आँखामा खुर्सानी दलिदिन्छे रे भन्थे । उसले सधैँ एउटा खुर्पे हँसिया कम्बरमा भिरेकी हुन्थी म त डरले कहाँ र फटलीको अनुहारतिर हेर्न पनि सक्दिन थिएँ म । रातभरि फटलीको अनुहार केटाकेटी मानसपटलमा डुलिरहन्थ्यो अनि त डरले मुटु काँप्न थाल्थ्यो ।
आमा खुवाउने औँशी आउँदा दिदीहरू फटली बस्ने डाँडामा ऐँसेलु टिप्न जानु हुन्थ्यो तर म भने उसको डरले घरैमा बस्थेँ । दिदीहरू औँशीमा फटलीलाई पनि ऐँसेलु खुवाएर आउनु हुन्थ्यो । विचरी त्यो दुःखीको के छ र भन्दै आमाले दिदीहरूलाई स्याबासी दिनुहुन्थ्यो ।
फाटलीले खुर्सानी रोप्थी रे अनि त्यही खुर्सानी टिपेर कहिलेकाहीँ हाम्री आमालाई ल्याइदिन्थी । हामी पिरो त त्यत्ती खाँदैन थियौँ तर आमा दिदीहरू कहिलेकाहीँ खुर्सानी पोलेर भातसँग खानुहुन्थ्यो । केही महिना यता फटली हाम्रोमा आउन पनि छोडी । मलाई ऊ किन नआएकी जान्ने उत्सुकता जाग्यो तर उसको नाम लिन पनि डर लाग्थ्यो । एकदिन आँट गरेर आमालाई सोधेँ, ‘आमा फटली किन नआकी रु’ आमाले सहानुभूति पोख्दै भन्नुभो, ‘विचरी थलापरेर हिँड्नै नसक्ने भएकी छे रे । म भोलि गएर हेरेर आउनु पर्ला ।’ मलाई पनि कताकता फटलीलाई भेट्न जान मन लाग्यो । सोचेँ फटली बोक्सी भएकी भए किन बिरामी भएकी होला रु बोक्सीले त अरूलाई पो बिरामी पार्छन् रे त १ आमालाई भन्न पनि सकिन कि म पनि सँगै जान्छु फटलीलाई भेट्न भनेर । भोलिपल्ट आमाले चाम्रे बनाएर फटलीलाई हेर्न जानुभयो । त्यो समयमा चाम्रे भनेको विशेष मिठो खानेकुरा हुन्थ्यो । एक त केटाकेटीलाई गुलियो मन पर्ने अनि चाम्रेमा त चिनी हालेर बनाइन्थ्यो । आमा फटलीलाई भेटेर निन्याउरो अनुहार लिएर फर्कनु भयो । दिदीहरूले सोध्नु भयो, ‘फटलीलाई कस्तो छ रु’ आमाले भन्नु भयो, ‘फटली तङ्ग्रिन्न जस्ती छे । विचरी मुडा ढलेजस्तो ढलेकी छे । कोही छैन त्यो दुःखीको, गु मुतले भरिएकी छे, उठ्न पनि सक्दिन । मैले त त्यो दुःख देख्न सकिन, लुगा फेरिदिएँ र खान दिएर आएँ ।’
फटली त तल्लो जातकी रे । त्यसैले त उसलाई कत्ति गाउँका ठूलाबडा भनाउँदाले आँगनमा अनि पँधेरीमा टेक्न नदिएका रहेछन् । अनि त यस्ता बेलामा को आएर सहयोग गर्थे र उसलाई रु सबै ठूलाबडा जातका भनाउँदाहरू थिए गाउँमा । दिदीहरू पनि आमासँगै एकपटक गएर हेरेर आउनुभएको रे । म त भेट्न जाने मन र उत्सुकता हुँदा हुँदै पनि फटली पात्रको डरलाग्दो भूतलाई मनभित्र राखेर त्रसित हुँदै बसेँ । मलाई कता कता खिन्न लागेर आयो अनि ऊप्रति सहानुभूति पलाएर आयो । बिचरी कोही नभएकी एक्ली हेर कस्तो दुःख पाकी भन्ने लाग्यो । केही दिनपछि सुनेँ फटली मरी रे अनि माइती तिरका मान्छे आएर लाश लगेर जलाए रे ।
यसरी एउटी नारीको वियोगात्मक अन्त्य भएको थियो । सायदै यो समाज त्यो अन्त्यले पग्लियो । नारौटा पाखोमा रहेको उसको झुप्रो ३ ४ वर्षको हिउँद र वर्षा थेगेपछि भत्कियो । म पनि केही ठूलो भइसकेको थिएँ । उसको झुप्रोको खण्डहरमा उम्रेका लट्टेका साग र सिस्नु म नडराई हेर्ने भइसकेको थिएँ । थाङ्नाथरा अभैm खण्डहरका कुना काप्चामा चेपिएका देखिन्थे । र बिस्तारै समयसँगै फटलीको खण्डहरको अस्तित्व पनि धुमिल हुँदै गयो । ऊ कुनै तारा झर्दा आकाशमा डोब नरहेजस्तै अस्तित्वहीन भएर बिलाई ।
३० ३२ वर्ष अगाडिको त्यो गाउँ अहिले नगरपालीका भइसक्यो तर अभै पनि परिवर्तन हुन सकेको छैन । पूर्वाधार विकास अभै पछाडि परेको त्यो समाजमा मानवीय सोच अनि व्यवहार उस्तै नै छ । गरीब, तल्लो जातका मान्छे अभै फटली बन्न अभिशप्त छन् ।
– शङ्कर सिग्देल
हाल जर्मनी