Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

दुखद खबर काभ्रेको संखुमा बस दुर्घटना २७ घाईते

Wednesday, January 23, 2019 National Power

माघ ,९ / काभ्रेपलान्चोक – बनेपा काभ्रेको पनौती नगरपालिका ९ संखुमा बुधबार दिउँसो बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको स्थानीय नमराज सापकोटाले जानकारी दिए।

उनका अनुसार बसमा सवार २७ जना घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बसमा ४० यात्रु सवार रहेका थिए। बस चिफ्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।