Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

Wednesday, January 16, 2019 National Power

घोराही – पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । कर्मचारी संघर्ष समितिको आहृवानमा कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा बुधबार बिहान साढे सात बजे तालाबन्दी गरेका हुन् ।आज प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले माघ ३ गतेदेखि इमर्जेन्सी, प्रसूतिबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवाका कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकिएको तलब दिनुपर्ने लगायतका आठ बुँदे माग राखेर कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।कर्मचारीले आन्दोलन थालेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तैनाथ प्रहरी । तस्वीरस् टीका बहादुर बस्नेत
प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले बताए । उनले भने, ‘राप्ती उपक्षेत्रीय अस्पतालको अर्बौंको सम्पत्ती प्रतिष्ठानमा अटाएको अवस्थामा सोही अस्पतालमा वर्षौंदेखि कार्यरत कर्मचारी निकालिनु गलत हो ।’उनले आफूहरुले उठाएका माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए ।