Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कलाले दर्सकहरुको मन जित्न सक्ने हुनु पर्छ ; मोडल अर्जुन थापा

Tuesday, January 15, 2019 National Power

माघ ,१ / बनेपा – सिन्धुपाल्चोकमा जन्मनुभएको मोडल अर्जुन थापा छोटो समयमै चर्चामा आउनु भएको छ । पछिल्लो समयमा मोडल अर्जुन थापाको चर्चा निकै बढेको छ । कलाकार बन्ने चाहाना भएर कलकारिता क्षेत्रमा लागेको बताउनु हुन्छ । मोडल अर्जुन थापा एउटा सफल कलाकार बन्ने बताउनु हुन्छ । अभिनय र नृत्य गर्ने मन पराउने थापा आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल अर्जुन थापासँग गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि जाडो सिजन छ , जाडो लागि रहेको छ आफ्नै कामहरु चलिरहेका छन् । कहिले सुटिङ त कहिले प्रोग्राम यसैगरी दिनहरु बितिरहेका छन ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिलेसम्म १५० भन्दा माथी नै म्युजिक भिडियोमा अभिनय गरे होला , खासै गन्ती गर्ने गरेको छैन ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदम सन्तुष्ट नै छु किनकि हरेक मान्छेले त्यही काम गर्नु पर्छ जहाँ मन सन्तुष्ट हुन्छ र म मेरो काम मा सन्तुष्ट छु र धेरै खुसी पनि छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
आफ्नो कलाले दर्सकहरुको मन जित्न सक्ने हुनु पर्छ र आफ्नो काममा लगनशील हुनुपर्छ कलाकारिता क्षेत्र बाट बाँच्न बाँच्न धेरै गार्‍हो छैन , बाँच्न सकिन्छ

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
जिन्दगीका सुरुका दिनहरु चलचित्रहरु हेर्दै गर्दा महानायक राजेश हमालदाईको चलचित्रहरु हेर्दै हुर्किय मेरो कलाकरिता क्षेत्रमा आउने प्रेरणा श्रोत उहाँको नै नाम आउछ ।

० एपिक नेपाल म्युजिक अवार्डको टप ५ मा पर्नु भएको छ कस्तो लागि रहेको छ ?
लामो समय संघर्ष पछिको हो । यो मेरो पहिलो नोमिनेशन हो धेरै खुशी लागिरहेको छ ।

० एपिक नेपाल म्युजिक अवार्डको अधुनिक गित बाट मोडल टप ५ मा पर्नु भएको छ, टप १ मा पर्छु जस्तो लागेको छैन ?
हरेक मानिसलाई अफु अरु भन्दा अगाडि जान मन लग्नु सोभाबिक हो । मलाई पनि लाग्छ म टप १ पर्छु भनेर तर त्यसमा पनि उहाँहरुको आफ्नै प्रक्रियाहरु छन भोटिङ देखि लिएर धेरै प्रक्रिया छन , आश छ जित्छु भन्ने हेरौ के हुन्छ ।

० अवार्डमा धेरैले घुस, पेस , आफन्त चिने जानेका लाई दिन्छन् भन्ने गरेको सुन्न आउछ यसमा के त्यस्तो चालेको छ कि के छ ?
मैले पनि सबै कुरा सुनेको छु । आज सम्म कुनै अवार्डमा आफुलाई समाबेश गराईन म घुस दिएर नाता गोता बाट अवार्ड लिन चाहान्न त्यसरी लिन यस्तो दुख गर्नै पर्दैन घरमा नै बसेर लिदा हुन्छ किन्न्को लागि धेरै दुख मेहनत किन गर्नु पर्यो र होइन

० अनि कसरी भन्न सक्नु हुन्छ दुक्क साथ म अवार्ड जित्न सक्छु भनेर तपाईंमा त्यस्तो के छ ?
जित्न सक्छु कि भन्ने आत्मा बिश्वश हो ढुक्क छैन म भएको खुबी र मेरो कलाले आयोजक र अझ त्यो भन्द पनि जुरि हरुको मन जित्न सकेमा र भोटिङको आधारमा हुने कुरा हो । हेरौ दर्शक शुभ चिन्तकहरुको माया र साथ कतिको पाउछु ।त्यसमा भर पर्छ तर म पैसा दिएर भने अवार्ड लिन्न ।

० तपाईंलाई पछि गएर कस्तो नायक तथा मोडल बन्न मन छ ?
समाजमा पचने खालको भुमिका निभाएर आफ्नो कला देखाउन सक्ने एउटा नायक तथा मोडल जुन पर्दामा मात्र नभएर बास्तबिकतामा पनि नायक होस् जसले समाजमा सक्दो सयोग र परिवर्तन ल्याउन सक्ने खालकको एउटा सफल नायक तथा मोडल बन्न चाहन्छु

० पहिलो प्रेम पत्र ?
याद छैन सायद प्रेम पत्र लेखिएन होला । मलाई चै पाँच कक्षामा आएको थियो ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
बिबाहको भएको छैन ।

० सेक्सको अनुभव छ ?
यो कुरा पर्सनल नै राख्दा राम्रो होला ।

० भविष्यको योजना ?
शरीरमा सास चल्दा सम्म कलाकरिता मै जीवन बिताउन पाउ एक सफल नायक तथा मोडल र सामजिक कामहरुमा सरिक हुन मन छ । माया गर्नु हुने दर्शक शुभचिन्तक हरुलाई अझ धेरै राम्रो राम्रो काम गरेर मनोरन्जन दिन पाउ यहीँ हो ।

० अन्तमा ?
अन्तमा म के भन्न चाहान्छु भने आज म जहाँ छु सबै परिवारको कारणले गर्दा हो मेरो लागी मन्दिर भगवान भनेकै मेरो घर हो । उहाँहरुको कारण म यो ठाउँमा छु। मलाई पहिलो पटक बिश्वश गरेर अबसर दिनु हुने मेरि बाशै कि चमशुरी पल्पसा डङ्गोल दिदी र धेरै काम सिक्ने अबसर दिनु हुने चर्चित निर्देशक मिलन चाम्स दाइ लाई कहिले भुल्दिन र सम्पुर्ण दर्शकहरुलाई मैले गरेको काम हेरिदिनु होला माया गरिदिनु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद