Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

काभ्रेका कलाकार एक हुँदै

Monday, January 14, 2019 National Power

पुस ,३० / बनेपा – काभ्रेका कलाकारहरु अब एक हुने भएका छन् । काभ्रेका कलाकारलाई एकैठाउँमा गोलबद्ध गरी एक गराउने अभियानमा काभ्रेका कलाकार जुट्ने भएको छ ।
काभ्रे जिल्लामा जन्मेर कलाकारिताका विविध विधामा सक्रिय रहि नेपाली कलाक्षेत्रमा योगदान दिदै आएका काभ्रेली कलाकारहरुको हालै बनेपामा सम्पन्न एक भेलाले सो निर्णय गरेको हो । काभ्रेली कलाकार मञ्चको आयोजनामा सम्पन्न कलाकारहरुको भेलाले काभ्रेली कलाकारहरु एकजुट हुनुपर्ने आवश्यकता महसुश गर्दै उक्त निर्णय गरेको हो ।

काभ्रेका कलाकर्मीहरुको एउटै सोच बनाउन सके काभ्रेली कलाकारहरु बलियो हुने सबै भेलामा सहभागी कलाकारहरुको राय रहेको थियो । भेलामा चर्चित चलचित्र निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले धेरै संघ, संस्था खोलेर कम्जोर हुनु भन्दा सवै विधाका कलाकर्मी अट्ने एउटै ‘सस्था’ भएमा मात्रै हामी काभ्रेली कलाकार शक्तिशाली हुने धारणा राखेका थिए ।

वरिष्ठ अभिनेता तथा काभ्रेली कलाकार मञ्चका संस्थापक अध्यक्ष रविन्द्र खड्काले हामी काभ्रेली बलाकार एकजुट भएमा सम्पूर्ण कलाकर्मीको हक, हित, हुने भएकोले सबैलाई एक बनाइ एउटै संस्थामा गोलबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताए । भेलामा गुटगत कोठे बैठकबाट गठन भएको संस्थाले सम्पूर्ण काभ्रली कलाकारको मर्म र भावना समेट्न नसकने समेत निष्कर्ष निकालेको थियो ।
भेलामा संस्थापक अध्यक्ष खड्काले नयाँ नेतृत्वका लागि सकृय, जागरुक, समय प्रदान गर्न सक्ने कलाकर्मी मित्रहरूलाई आव्हान गरेका थिए । त्यस्तै भेलाले चाँडोभन्दा चाँडो समन्वय, सहमती, नविकरण समेत गरी एकताको साधारण सभा तय गर्ने गरी ७ सदस्यीय समिति समेत गठन गरेको छ । जसमा वरिष्ठ खलनायक मुकुन्द थापा, दिनेश श्रेष्ठ, अमर कृष्ण चन्द, सजिना श्रेष्ठ, बिजेश कुमार, मनिष भोछिभोया, मन्दिरा के।सि। रहेका छन् ।

मञ्चका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न भेलाले काभ्रेली कलाकर्मी मंचका संस्थापकहरु दयाराम दाहाल चलचित्र बिकाश बोर्ड सदस्यमा नियुक्त भएकोमा तथा नारायण प्रधान नेपाल ब्यायाम मन्दिरमा पाँचौ पटक केन्द्रिय अध्यक्ष पदमा र दिनेश श्रेष्ठ काभ्रे जिल्ला वार सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना दिँदै सम्मान गरिएको थियो ।