Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

डिएसपी राणाको वालाजु वृत्तमा भब्य स्वागत

Wednesday, January 9, 2019 National Power

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय वाग्लुङमा सरुवा भएका महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत डिएसपी चिरन्जिवी कोईरालाको एक कार्यक्रम बीच विदाई गरिएको छ भने नयाँ डिएसपी बालनरसिंह राणाको स्वागत गरिएको छ ।

विगत ६ महिना देखि महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत रहेका उनको सरुवा भएपछि स्थानिय जनप्रतिनिधि , नागरिक समाज , पत्रकार , लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, बालाजु होटल व्यवसायी, नागरिक प्रहरी समन्वय समिति लगायतका संस्थाहरुले फरकफरक कार्यक्रमको आयोजना गरी विदाई गरिएको थियो ।

विदाई कार्यक्रममा कोईरालाले ६ महिना बालाजु वृत बसाईको अवधीमा स्थानीयहरुको धेरै माया पाउनुका साथै नागरीकको माया र साथ पाएको बताए ।

बालनरसिंह राणाको स्वागत

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार ५ जना डिएसपीको सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत, बालाजुमा डिएसपी बालनरसिंह राणाको काज सरुवा भएको हो ।
सो स्थानमा नागरीकको शान्ति शुरक्षामा कुनै सम्झौता नगर्ने र सो क्षेत्रमा शान्ति शुरक्षा कायम राख्न आफु नेतृत्वको प्रशासन प्रतिबद्ध रहने बालनरसिंह राणाले बताए ।

  • राजन थापा