Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

बम्जनको आश्रममा छापा

Saturday, January 5, 2019 National Power

काठमाडौं – प्रहरीले रामबहादुर बम्जनको आश्रमा छापा मारेको छ । प्रहरीले एकाएक तपस्वीका रुपमा चर्चामा आएका बम्जनको आश्रममा शुक्रबार छापा मारेको हो ।

छापा मार्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) संयुक्त रुपमा मारेका थिए । प्रहरीले बम्जनको डेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीले अहिलेसम्म छापा मारेको बाहेक अरु केहि खुलाएको छैन् ।

जिल्ला अदालतले विहबार बम्जनको आश्रममा खानतलासी गर्न अनुमति दिएपछि प्रहरीले उक्त स्थानमा खानतलासी गरेको हो । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।