Thursday 21st February 2019

    आदित्यको माया गर्ने मान्छे    पशुपतिको गीतमा प्रधानमन्त्रीको कटाक्ष    पशुपतिको गीतमा प्रधानमन्त्रीको कटाक्ष    ओली - प्रचण्ड एक्सन : असफल मन्त्री हटाईदै    कांग्रेसले देशलाई पछाडि फर्काउने कुचेष्टा गरिरहेको छ : प्रधानमन्त्री ‌‌‍ओली

चेन्नईमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन ,१० मा दशै पदक 

Monday, December 31, 2018 National Power


१६ , पुस / काभ्रेपलान्चोक –  बनेपा डिसेम्बर २८–३० सम्म भारतको चेन्नईमा सम्पन्न भएको आइटीएफ राष्ट्रिय र अन्तर्राष्ट्रिय तेक्वाण्दो च्याम्पीयनसिप १०१८ मा सहभागी सम्पूण्र्ढा नेपाली खेलाडीले पदक जितेका छन् ।

नेपालको तर्फबाट प्रतियोगितामा सहभागी पाँच खेलाडीले १० पदक जितेका छन् । नेपालबाट सहभागी खेलाडीहरुले ८ स्वर्ण, १ रजत र १ कास्य पदक जितेका छन् । भारतको चेन्नाइमा भएको खेलमा आकर्षक पदर्शन गर्दै खेलाडीहरुले नेपाललाई पलक दिलाएका हुन् । नेपाली खेलाडीहरु तेक्वाण्डोमा अब्बल छन् भन्ने सहभागी नेपाली खेलाडीहरुले सावित गरिदिएका छन् ।

नेपालका नेपाल बाट सहभागिता जनाउने मदरल्याण्ड स्कुल सुर्यविनायक ९ भक्तपुरको तर्फबाट ४ जना र काभ्रेका १ गरी ५ जनाले तुल र स्प्रारिंग दुवैमा ८ स्वर्ण, १ रजत र १ काश्य सहित १० मा १० पदक हात पार्न सफल भएका हुन् । ३ दिनसम्म आइटीएफान राष्ट्रीय र अन्तर्राष्ट्रीय तेक्वान्दो च्याम्पीयनसिप प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधि भै खेल्ने मदरल्याण्ड स्कुलकी सुरक्षा थापाले २ स्वर्ण पदक, अमृत माँझीले २ स्वर्ण पदक, सोनिशा त्यातले १ स्वर्ण पदक र १ रजत पदक, अस्मिता पुनले १ स्वर्ण पदक र १ काश्य पदक, काभ्रेका रुपक खड्काले २ स्वर्ण पदक जितेका हुन् ।

सुरक्षा थापाले १३ वर्ष उमेर समूहबाट तुल तर्फ १ स्वर्ण पदक र ४० केजी तौल समूहबाट स्प्रारिंगमा १ स्वर्ण पदक, कक्षा ९ को अमृत माँझीले १५ वर्ष उमेर समूहबाट तुल तर्फ १ स्वर्ण पदक र ४५ केजी तौल समूहबाट स्प्रारिंगमा १ स्वर्ण पदक जित्न सफल भएका हुन् । त्यस्तै सोनिशा त्यातले १४ वर्ष उमेर समूहबाट तुल तर्फ १ स्वर्ण पदक र ४५ केजी तौल समूहबाट स्प्रारिंगमा १ रजत पदक, कक्षा १० की अस्मिता पुनले १५ वर्ष उमेर समूहबाट तुल तर्फ १ स्वर्ण पदक र ५० केजी तौल समूहबाट स्प्रारिंगमा काश्य पदक जित्न सफल भइन् भने काभ्रेका रुपक खड्काले १४ वर्ष उमेर समूहबाट तुल तर्फ १ स्वर्ण पदक र ४५ केजी तौल समूहबाट स्प्रारिंगमा १ स्वर्ण पदक जितेका हुन्न् ।

टिम मैनजर रहेका मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्काले प्रतियोगितामा सफलता पाए पश्चात संक्षिप्त कुराकानीमा विद्यार्थीहरुको उत्कृष्टता, सफलता र पदक मदरल्याण्ड स्कुलको मात्र नभए भक्तपुर र नेपाल कै जित हो भने । उनले प्रतिभावान खेलाडीहरुलाई स्थानीय सरकारले पनि सहयोग र सम्मान गर्नुपने बताए । यसले प्रतिभावान खेलाडीहरुलाई थप उर्जा र हौसला बढ्ने बताए । त्यस्तै ताईक्वांडो आई टि एफ नेपाल का संस्थापक अध्यक्ष तथा अंतराष्ट्रिय ए क्लास रेफ्री लक्ष्मण बस्नेतले नेपालको शान र ईज्जत भनेको नै यस्तै प्रकारको खेलबाट बढ्ने जिकिर गरे ।

गत डिसेम्बर २५ मा एक कार्यक्रमकाबीच विजयी मदरल्याण्ड स्कुलका खेलाडी विद्यार्थीहरुलाई भक्तपुर क्षेत्र नं २ का माननीय सांसद तथा पूर्व मन्त्री महेश वस्नेतले नेपालको झण्डा हस्तान्तरण गरी विदाइ गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि यु।के। का साँतौं डन मास्टर योगी चान्दले मेडल, छैठौँ डन नाजुमुदिन सफी र नेपालका लक्ष्मण बस्नेत लगाएतले प्रमाण पत्र वितरण गरेका थिए । साथै आइटिएफका सल्लाकार विश्व विख्यात आगंतेम्बा शेर्पाले विजयी खेलाडीहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।