Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

जेसिका ईन्टरटेनमेन्टको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

Monday, December 31, 2018 National Power

काठमाणडौ – जेसिका ईन्टरटेनमेन्टले आफ्नो पहिलो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न गरेको छ । बालाजुस्थित पुर्वेली खाजाघरमा सम्पन्न कार्यक्रममा कलाकार पत्रकार लगायतकाको सहभागिता रहेको थियो । जेसिका ईन्टरटेनमेन्टले नृत्य तथा अभिनय सम्बन्धि प्रशिक्षण दिदै आईरहेको छ ।

सोही अवसरमा राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको छ ।उद्घाटन समारोहमा राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीको प्रमुख अथितमा राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटका बरिस्ठ उपाध्यक्ष दिनेश तामाङको नेतृत्वमा जेसिका ईन्टरटेन्मेट डान्स सेन्टरको एक बर्ष पार गरेको उपलक्षयमा राष्ट्रिय संगीत कर्मी संघका रसुवा जिल्ला अध्यक्ष तथा नायक श्री दावा फिन्जो तामाङ, मिसेस तामाङ तथा नायिका श्याम माया तामाङ राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटका मह सचिब श्रावण श्रेष्ठ बरिस्ठ उपाध्यक्ष प्रकाश् कटुवाल,केन्द्रिय सक्रिय सदस्य देखि उपाध्यक्ष सम्म र काठमानडौ जिल्ला अध्यक्ष , दाङ जिल्लाका अध्यक्ष लगायत थुप्रै जिल्लाका अध्यक्षहरुको बाग्लो उपस्थितिमा कार्यक्रम समापन भएको थियो,उक्त कार्यक्रममा रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङले नुवाकोट जिल्ला समुहलाई बधाई तथा सुभ कामना व्यक्त गर्नु भै आफ्नै जिल्ला रसुवामा आउँदो फाल्गुन ११ गत्तेका दिन गोसाइँकुण्ड गाउँ पालिकामा ल्होसार विशेष कार्यक्रम गर्ने जानकारीको मन्तव्य दिनु भएको थियो, उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले पनि नुवाकोट जिल्ला र रसुवा जिल्लाका राष्ट्रिय संगीत कर्मी संघलाई बधाई तथा कार्यक्रमलाई सफलताको सुभ कामना व्यक्त गर्नु भएको हो