Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चर्चित कलाकार शाह कोरियन संस्कृतिमा

Monday, December 31, 2018 National Power

१६ ,पुस / काभ्रेपलान्चोक – बनेपा नेपाली कलाक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार तथा चलचित्र निर्मााता बिक्रम जंग शाह कोरियन खाना र कोरियन संस्कृतिको प्रवर्धनमा लागेका छन् ।

कलाकार शाहले हालै मात्र नेपाल र कोरियाको लोक संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले लाजिम्पाटको उत्तरढोकामा ‘किङ्स प्यालेस रोधी घर एण्ड के पप’ संचालनमा ल्याएका छन् । जहाँ नेपाली र कोरियन संस्कृतिसँगै नेपाली कोरियन खानाको स्वाद लिन सकिन्छ । राजधानी स्थित उत्तरढोकामा ‘किङ्स प्यालेस रोधी क्लब एन्ड के पप’ केहि दिन अघि मात्रै भव्य समारोहकाबीच समुदघाटन गरी संचालनमा आइसकेको छ ।

विगत लामो समयदेखि नेपाली कलाक्षेत्रमा सक्रिय शाह फिल्म निर्माणसँगै ब्यबसायमा समेत संलग्न रहँदै आएका छन् । उक्त रोधी क्लबमा नेपाल र कोरियोको संस्कृति दर्शाउने वातावरण पाइने रोधीका प्रबन्ध निर्देशक समेत रहेका शाह बताउँछन् । यस रोधीमा पूर्ण पारिवारिक वातावरणमा नेपाली र कोरियन संस्कृतिको मजा लिन सकिने शाहको दाबी रहेको छ ।

उनी थप्छन्,–‘हामीले रोधीमा एउटा पारिवारिक माहोल तयार पारेका छौ, जहाँ संस्कृतिका विभिन्न पाटो समेत देख्न पाउँछौ । यहाँ नेपाली तथा कोरियन परिकारको साथमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति समेत सधैं लाइभ हेर्न पाइनेछ । हामीले नेपाली खानासँगै कोरियन खानालाई विशेष सेफको निगरानीमा तयार गर्ने गरेका छौ ।’ रोधीमा शुद्ध हाइजेनिक खानाको सेवा नै हाम्रो मुख्य लक्ष्य रहेको समेत शाह बताउँछन् ।

देश विदेशका कार्यक्रममा सधैं व्यस्त रहने शाह कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा समेत सक्रिय रहदै आएका छन् । उनी राष्ट्रिय संगितकर्मी महासंघका केन्द्रिय महासचिव समेत हुन् ।