Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

तमु ल्होसार टुँडिखेलमा  

Sunday, December 30, 2018 National Power

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज काठमाडैंसहित देशभर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे । बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालेर टुँडिखेलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गुरूङ समुदायले पहिचान झल्किने भेषभुषामा उपस्थित भएका छन् । उनीहरूले नाङ्लो, स्याखु, मकैको घोगासहितको डोको, ठेकी, हातले बुनेको झोलाको समेत प्रदशर्न गरेका छन् । गुरूङ समुदायले सार्वजनिक विदाको मागसमेत गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । अनलाईन खबरबाट