Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

‘राष्ट्रिय सेवा सम्मान’बाट राज लुईटेल सम्मानित

Saturday, December 22, 2018 National Power

काठमाडौ – संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित भएका छन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक भव्य समारोहका विच पूर्व पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको हो ।

विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संचार सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै यस वर्षको राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।

राष्ट्र खबर पत्रिका, रास्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख रहेका राज विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन । राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा फेशन शो, अवार्ड तथा विविध कार्यक्रमहरुको आयोजना गर्ने क्रममा पछिल्लो समय आफु निकट साथीभाईको सहकार्यमा युएईको दुवईमा मोडल सङ्ग्स अवार्ड र काठमाडौमा सगरमाथा म्यूजिक अवार्ड लगायतका विभिन्न ईभेन्टस सफलतापूर्वक सम्पन्न गराईसकेका छन ।

राजधानीमा मात्र केन्द्रित रहेर आयोजना हुँदै आएका सौन्दर्य, मोडलिङ्ग एवं फेशन शो सम्बन्धि कार्यक्रमहरु मोफसलमा समेत आयोजना हुनुपर्छ भन्ने सोचका साथ देशभरीका विभिन्न शहरहरुमा फेशन शो आयोजना गर्ने क्रममा बुटवलमा भएको फेसन शो को भव्य सफलता पश्चात् पौष २७ गते बिराटनगरमा हुन लागेको पूर्वान्चलस्तरीय फेसन शो को तयारीमा व्यस्त राजले थाईलैण्डको बैंकक र कतारको दोहामा अन्तराष्ट्रिय फेशन शोको आयोजनाको तयारीलाई समेत तिब्र बनाएका छन । करीव ३ दर्जन भन्दा बढी सौन्दर्य प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको भुमिका समेत निर्वाह गरिसकेका राज दर्जनौ प्रतिष्ठित संघ संस्थाबाट मात्र नभै भारतको एसिएस मिडियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित भैसकेका छन ।

बहुप्रतिभाका धनी राज सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार तथा मोडल समेत हुन । मोडलिङको सिलसिलामा नेपालका विभिन्न ख्यातिप्राप्त गायक गायिकाहरुको गीतको म्युजिक भिडियोहरुमा अभिनय गरि अवार्ड समेत हात पार्न सफल भै सकेका छन । प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा फेशन डिजाईनर ममथा बस्नेतको सहकार्यमा विभिन्न फेशन शो, सौन्दर्य प्रतियोगीता एवं कार्यक्रमहरुमा आकर्षक पहिरन डिजाईन गरि विक्री वितरण गर्दै आईरहेका छन । यस अघि नेपालमै पहिलो पटक विभिन्न सौन्दर्य प्रतियोगीताका विजेताहरुलाई एकै र्याम्पमा उतारी राजधानीमा भव्य रुपमा फेशन शो को सम्पन्न गरेका थिए ।